
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० का वडा सदस्य मनोहरलाल आचार्यले मङ्सिर १ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका छन्। विकास निर्माणका विभिन्न योजनामा काम गर्ने क्रममा अनेकौँ बहानामा अवरोध सिर्जना भएकाले कार्यसम्पादन गर्न कठिन भएको भन्दै उनले राजीनामा दिएको जनाएका छन्।



