
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ दौलतपुरका ६७ वर्षीय लालबहादुर सुनार जङ्गलमा मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार सुनार गत असार ३२ गते बिहान करिब ८ बजे घरबाट कसैलाई जानकारी नगराई निस्किएका थिए। त्यसपछि घर नफर्किएपछि आफन्त र प्रहरीले उनको खोजी गरिरहेका थिए।
खोजतलासका क्रममा आइतबार दिउँसो करिब १२:२० बजे वीरेन्द्रनगर–२ स्थित निकासखोलाको जङ्गलमा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन्।
प्रहरी चौकी बाङ्गेसिमलबाट प्रहरी सहायक निरीक्षक टिकाराम थापाको नेतृत्वमा खटिएको प्रहरी टोली र आफन्तले खोजी गर्ने क्रममा शव फेला पारेका हुन्।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।



