• भदौ २५, २०८१
  • No Comment
  • 222

सुर्खेतकाे पञ्चपुरीमा विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आत्महत्याको अवस्था र रोकथामका उपायहरु बारे अन्तक्रिया कार्यक्रम सम्पन्न

दिलिप कडेल, सुर्खेत। विश्व आत्महत्या रोकथाम दिवस २०२४ को अवसरमा आत्महत्याको अवस्था र रोकथामका उपायहरु विषयक वडा स्तरीय अन्तक्रिया कार्यक्रम भदौ २५ गते पञ्चपुरी नगरपालिका वडा न २ पलैटेमा सम्पन्न भएको छ ।

 

अन्तक्रिया कार्यक्रममा समग्र मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका उपायहरुका बारेमा प्रस्तुतीकरण वडा अध्यक्ष याम बहादुर बि सिले एक जनाको आत्महत्याले कम्तीमा १ सय ३५ जनालाई प्रत्यक्ष असर गर्ने गरेको बताउनुभयो । उहाँले आत्महत्याले प्रत्यक्ष अप्रत्यक्ष समाजमा गहिरो चोट पुग्ने हुँदा आत्महत्या न्यूनीकरणका लागि सम्बन्धित निकालयले सामाजिक, आर्थिक, सांस्कृतिक, मनोवैज्ञानिक अवस्थाको अध्ययन गर्नुपर्ने बताउनुभयो ।

विश्वमा प्रत्येक ४० सेकेण्डमा १ जनाले आत्महत्या गर्ने र वार्षिक ८ लाखले आत्महत्या गर्दै आएको उहाँको भनाई छ । कार्यक्रममा प्रहरीचौकि सालकोटका साहयक प्रहरी हल्दार खेम के सीले जनसंख्या वृद्धिका अनुपातमा आत्महत्या बढ्दै जानु चिन्ता र चासोको विषय भएको उहाँको भनाई थियो ।

आत्महत्या रोकथाममा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुँदा मनोसामाजिक पक्षलाई बेवास्ता गरी समाचार प्रकाशन–प्रसारण गर्दा अन्य व्यक्तिलाई पनि आत्महत्या गर्न दुरुत्साहन मिल्ने हुँदा सञ्चार माध्यमले सावधानी नअपनाउँदा समाचारले समाजमा नकारात्मक प्रभाव पार्ने गरेको विभिन्न अध्ययनले देखाएको उहाँको भनाई रहेको छ ।

सम्बन्धित खबर

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…
यमराजको दूत कागलाई मीठो खानेकुरा दिएर काग तिहार मनाइँदै

यमराजको दूत कागलाई मीठो खानेकुरा दिएर काग तिहार मनाइँदै

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज देशभर श्रद्धा र भक्ति पूर्वक मनाइँदैछ। यमराजका दूतका रूपमा मानिने…
अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *