• कार्तिक १, २०८२
  • No Comment
  • 174

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि समयमै ओछ्यानबाट उठ्न नसक्दा दिनको सुरुवात नै ढिलो हुने गर्छ । कामको थकाइ, मानसिक तनाव र अनियमित जीवनशैलीका कारण धेरैलाई बिहान उठ्न कठिन हुन्छ । अर्लाम बज्दा पनि उठ्ने सट्टा पुनः निद्रामा फर्किने बानीले यो समस्या झन् बढाइरहेको हुन्छ ।

तर, केही सरल बानी अपनाएर बिहान छिट्टै उठ्ने बानी बनाउन सकिन्छ । हेर्नुहोस्, यी उपयोगी उपायहरू —

१. बिहान उठ्ने योजना राति नै बनाउनुहोस्
सुत्नु अघि बिहान उठेर के गर्ने भन्ने योजना बनाउने बानी बसाल्नुहोस् । यसले तपाईंको मनलाई तयारी अवस्थामा राख्छ र बिहान उठ्न सहज बनाउँछ ।

२. अर्लाम बज्नेबित्तिकै उठ्ने बानी बसाल्नुहोस्
अर्लाम बज्दा ‘थप पाँच मिनेट’ भन्दै फेरि निदाउने बानी छोड्नुहोस् । तुरुन्तै उठेमा शरीर र मस्तिष्क सक्रिय हुन थाल्छ ।

३. राति चिया र कफीको सेवन नगर्नुहोस्
चिया वा कफीमा हुने क्याफिनले निद्रामा असर पुर्‍याउँछ । राति यस्तो पेयपदार्थ सेवन गर्दा बिहान उठ्न गाह्रो हुन्छ ।

४. सुत्नुअघि टिभी, मोबाइल वा ल्यापटप नहेर्नुहोस्
यी उपकरणका स्क्रिनबाट निस्कने ब्लु लाइटले निन्द्रा बिगार्छ । त्यसैले सुत्नु अघि कम्तीमा आधा घण्टा यस्ता उपकरण प्रयोग नगर्नुहोस् ।

५. नियमित सुत्ने र उठ्ने समय निर्धारण गर्नुहोस्
प्रत्येक दिन एकै समयमा सुत्ने र उठ्ने बानी बसाल्दा शरीरको बायोलोजिकल घडी स्थिर रहन्छ । यसले बिहान उठ्न सजिलो बनाउँछ ।

यी साना परिवर्तनहरूले तपाईंलाई बिहान छिट्टै उठ्ने बानी बसाल्न सहयोग पुर्‍याउनेछन् । निरन्तर अभ्यास र आत्मअनुशासनले तपाईंको बिहान ऊर्जावान् र स्फूर्तिदायी बन्न सक्छ ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *