• भदौ २५, २०८१
  • No Comment
  • 268

सुर्खेतकाे पञ्चपुरीमा विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आत्महत्याको अवस्था र रोकथामका उपायहरु बारे अन्तक्रिया कार्यक्रम सम्पन्न

दिलिप कडेल, सुर्खेत। विश्व आत्महत्या रोकथाम दिवस २०२४ को अवसरमा आत्महत्याको अवस्था र रोकथामका उपायहरु विषयक वडा स्तरीय अन्तक्रिया कार्यक्रम भदौ २५ गते पञ्चपुरी नगरपालिका वडा न २ पलैटेमा सम्पन्न भएको छ ।

 

अन्तक्रिया कार्यक्रममा समग्र मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका उपायहरुका बारेमा प्रस्तुतीकरण वडा अध्यक्ष याम बहादुर बि सिले एक जनाको आत्महत्याले कम्तीमा १ सय ३५ जनालाई प्रत्यक्ष असर गर्ने गरेको बताउनुभयो । उहाँले आत्महत्याले प्रत्यक्ष अप्रत्यक्ष समाजमा गहिरो चोट पुग्ने हुँदा आत्महत्या न्यूनीकरणका लागि सम्बन्धित निकालयले सामाजिक, आर्थिक, सांस्कृतिक, मनोवैज्ञानिक अवस्थाको अध्ययन गर्नुपर्ने बताउनुभयो ।

विश्वमा प्रत्येक ४० सेकेण्डमा १ जनाले आत्महत्या गर्ने र वार्षिक ८ लाखले आत्महत्या गर्दै आएको उहाँको भनाई छ । कार्यक्रममा प्रहरीचौकि सालकोटका साहयक प्रहरी हल्दार खेम के सीले जनसंख्या वृद्धिका अनुपातमा आत्महत्या बढ्दै जानु चिन्ता र चासोको विषय भएको उहाँको भनाई थियो ।

आत्महत्या रोकथाममा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुँदा मनोसामाजिक पक्षलाई बेवास्ता गरी समाचार प्रकाशन–प्रसारण गर्दा अन्य व्यक्तिलाई पनि आत्महत्या गर्न दुरुत्साहन मिल्ने हुँदा सञ्चार माध्यमले सावधानी नअपनाउँदा समाचारले समाजमा नकारात्मक प्रभाव पार्ने गरेको विभिन्न अध्ययनले देखाएको उहाँको भनाई रहेको छ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *