• भदौ २५, २०८१
  • No Comment
  • 181

के हो जुम्बा ? यसले स्वास्थ्यमा हुने फाइदाहरु

जुम्बा भनेको एक प्रकारको व्यायाम नै हो । तर, यो सङ्गीतको मदतसँगै गरिन्छ । जसको मद्दतले हाम्रो शरीरलाई स्वस्थ राख्न र शरीरको मोटोपना घटाउन सहयोग पुर्‍याउँछ ।

जुम्बा नृत्यका माध्यमबाट गरिने फिटनेस हो । यसमा शिरदेखि पैतालासम्मको अभ्यास हुन्छ । यसका ६-७ विधा हुन्छन् । तीन महिनासम्म जुम्बा डान्स गरेमा ६ देखि ८ केजीसम्म तौल घट्न सक्छ । दैनिक जुम्बा डान्स गर्नाले आनन्द र खुसी मिल्छ ।

जुम्बा गर्दा सङ्गीतको तालमा ११-१२ मिनेट नाच्ने गरिन्छ । यसो गर्दा शरीरका अङ्ग सक्रिय हुन्छन । जुम्बा डान्स जुनसुकै उमेरकाले पनि गर्न सक्छन । यद्यपि पछिल्लो समय जुम्बा डान्सप्रति महिला बढी आकर्षित भएका छन ।

त्यसमा पनि ३० वर्ष कटेका गृहिणी बढी छन । विशेषगरी बेफुर्सदिका कारण योगा र व्यायामका लागि समय निकाल्न नसक्ने महिलाले जुम्बा डान्स क्लास जाने गरेका छन ।

जुम्बा गर्दा शरिरमा हुने फाइदाहरु हेर्नहोस

– मुटुलाई स्वस्थ राख्न सकिन्छ ।

– उच्च रक्तचाप र मधुमेह रोकथाम हुन्छ ।

– मोटोपन घटाउँछ ।

– शारीरिक तन्दुरुस्ती हुन्छ ।

– दैनिक जीवनमा आइपर्ने तनावबाट मुक्त भइन्छ ।
– दैनिक जुम्बा गर्दा शरिर कसिलो र बलियो हुन्छ ।

जुम्बा नगर्दा विभिन्न रोगहरुले च्याप्ने गर्छ । सकेसम्म दैनिक कसत, व्याम तथा जुम्बा गर्नु पर्छ । स्वास्थ्यमा सकरात्मक प्रभाव पर्छ ।

सम्बन्धित खबर

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…
यमराजको दूत कागलाई मीठो खानेकुरा दिएर काग तिहार मनाइँदै

यमराजको दूत कागलाई मीठो खानेकुरा दिएर काग तिहार मनाइँदै

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज देशभर श्रद्धा र भक्ति पूर्वक मनाइँदैछ। यमराजका दूतका रूपमा मानिने…
अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *