• भदौ २५, २०८१
  • No Comment
  • 235

के हो जुम्बा ? यसले स्वास्थ्यमा हुने फाइदाहरु

जुम्बा भनेको एक प्रकारको व्यायाम नै हो । तर, यो सङ्गीतको मदतसँगै गरिन्छ । जसको मद्दतले हाम्रो शरीरलाई स्वस्थ राख्न र शरीरको मोटोपना घटाउन सहयोग पुर्‍याउँछ ।

जुम्बा नृत्यका माध्यमबाट गरिने फिटनेस हो । यसमा शिरदेखि पैतालासम्मको अभ्यास हुन्छ । यसका ६-७ विधा हुन्छन् । तीन महिनासम्म जुम्बा डान्स गरेमा ६ देखि ८ केजीसम्म तौल घट्न सक्छ । दैनिक जुम्बा डान्स गर्नाले आनन्द र खुसी मिल्छ ।

जुम्बा गर्दा सङ्गीतको तालमा ११-१२ मिनेट नाच्ने गरिन्छ । यसो गर्दा शरीरका अङ्ग सक्रिय हुन्छन । जुम्बा डान्स जुनसुकै उमेरकाले पनि गर्न सक्छन । यद्यपि पछिल्लो समय जुम्बा डान्सप्रति महिला बढी आकर्षित भएका छन ।

त्यसमा पनि ३० वर्ष कटेका गृहिणी बढी छन । विशेषगरी बेफुर्सदिका कारण योगा र व्यायामका लागि समय निकाल्न नसक्ने महिलाले जुम्बा डान्स क्लास जाने गरेका छन ।

जुम्बा गर्दा शरिरमा हुने फाइदाहरु हेर्नहोस

– मुटुलाई स्वस्थ राख्न सकिन्छ ।

– उच्च रक्तचाप र मधुमेह रोकथाम हुन्छ ।

– मोटोपन घटाउँछ ।

– शारीरिक तन्दुरुस्ती हुन्छ ।

– दैनिक जीवनमा आइपर्ने तनावबाट मुक्त भइन्छ ।
– दैनिक जुम्बा गर्दा शरिर कसिलो र बलियो हुन्छ ।

जुम्बा नगर्दा विभिन्न रोगहरुले च्याप्ने गर्छ । सकेसम्म दैनिक कसत, व्याम तथा जुम्बा गर्नु पर्छ । स्वास्थ्यमा सकरात्मक प्रभाव पर्छ ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *