- भदौ २३, २०८१
- No Comment
- 57
जाजरकोटमा पहिरोले पुरिएर एक दाम्पती वेपत्ता, घाइते छोरीलाई हेलिकप्टरद्धारा सुर्खेत ल्याइदै
जाजरकोटको बारेकोट गाउँपालिका-६ धुमामा पहिरोले घर पुरिएर श्रीमान श्रमती वेपत्ता भएका छन भने छाेरी गम्भिर घाइते भएकी छन ।
अविरल वर्षाका कारण आज बिहान २ः५० बजेको समयमा खसेको पहिरोमा परी बारेकोट गाउँपालिका-६ की वडा सदस्य ३८ वर्षिय प्रेमकुमारी चलाउने र उनका श्रीमान् ४७ वर्षिय मानबहादुर चलाउने पुरिएका हुन ।
चलाउनेकी ११ वर्षीया छोरी सम्झना चलाउने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले लाईका खबरलाई जानकारी दिए ।
डिएसपी पाण्डेका अनुसार घाइते सम्झनालाई प्राथमिक उपचार पश्चात उनलाई नेपाली सेनाको हेलिकप्टरद्धारा कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाउने तयारी गरिएको छ ।
गएरातीको भारी वर्षाले आएको पहिरो राति सुतिरहेका बेला घरमा खसेकाे हाे । पहिराे गएकाे खबर पश्चात प्रहरी नायब निरिक्षक अम्मर बहादुर थापाकाे कमाण्डमा ४ जनाकाे टाेली खटिएकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ । पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेका छन ।
उक्त ठाउँमा नेटवर्क नभएकोले सुचनाको ढिलाई भएको प्रहरीले जनाएको छ ।