• भदौ २३, २०८१
  • No Comment
  • 232

जाजरकोटमा पहिरोले पुरिएर एक दाम्पती वेपत्ता, घाइते छोरीलाई हेलिकप्टरद्धारा सुर्खेत ल्याइदै

जाजरकोटको बारेकोट गाउँपालिका-६ धुमामा पहिरोले घर पुरिएर श्रीमान श्रमती वेपत्ता भएका छन भने छाेरी गम्भिर घाइते भएकी छन ।

अविरल वर्षाका कारण आज बिहान २ः५० बजेको समयमा  खसेको पहिरोमा परी बारेकोट गाउँपालिका-६ की वडा सदस्य ३८ वर्षिय  प्रेमकुमारी चलाउने र उनका श्रीमान् ४७ वर्षिय मानबहादुर चलाउने पुरिएका हुन ।

चलाउनेकी ११ वर्षीया छोरी सम्झना चलाउने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले लाईका खबरलाई जानकारी दिए ।

डिएसपी पाण्डेका अनुसार घाइते सम्झनालाई प्राथमिक उपचार पश्चात उनलाई नेपाली सेनाको हेलिकप्टरद्धारा कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाउने तयारी गरिएको छ ।
गएरातीको भारी वर्षाले आएको पहिरो राति सुतिरहेका बेला घरमा खसेकाे हाे । पहिराे गएकाे खबर पश्चात प्रहरी नायब निरिक्षक अम्मर बहादुर थापाकाे कमाण्डमा ४ जनाकाे टाेली खटिएकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ । पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेका छन ।

उक्त ठाउँमा नेटवर्क नभएकोले सुचनाको ढिलाई भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *