• भदौ २३, २०८१
  • No Comment
  • 165

जाजरकोटमा पहिरोले पुरिएर एक दाम्पती वेपत्ता, घाइते छोरीलाई हेलिकप्टरद्धारा सुर्खेत ल्याइदै

जाजरकोटको बारेकोट गाउँपालिका-६ धुमामा पहिरोले घर पुरिएर श्रीमान श्रमती वेपत्ता भएका छन भने छाेरी गम्भिर घाइते भएकी छन ।

अविरल वर्षाका कारण आज बिहान २ः५० बजेको समयमा  खसेको पहिरोमा परी बारेकोट गाउँपालिका-६ की वडा सदस्य ३८ वर्षिय  प्रेमकुमारी चलाउने र उनका श्रीमान् ४७ वर्षिय मानबहादुर चलाउने पुरिएका हुन ।

चलाउनेकी ११ वर्षीया छोरी सम्झना चलाउने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले लाईका खबरलाई जानकारी दिए ।

डिएसपी पाण्डेका अनुसार घाइते सम्झनालाई प्राथमिक उपचार पश्चात उनलाई नेपाली सेनाको हेलिकप्टरद्धारा कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाउने तयारी गरिएको छ ।
गएरातीको भारी वर्षाले आएको पहिरो राति सुतिरहेका बेला घरमा खसेकाे हाे । पहिराे गएकाे खबर पश्चात प्रहरी नायब निरिक्षक अम्मर बहादुर थापाकाे कमाण्डमा ४ जनाकाे टाेली खटिएकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ । पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेका छन ।

उक्त ठाउँमा नेटवर्क नभएकोले सुचनाको ढिलाई भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *