• भदौ १५, २०८१
  • No Comment
  • 48

आज पुस्तकालय दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

 

प्रत्येक वर्ष भदौ १५ गते विभिन्न कार्यक्रम आयोजना गरी मनाइने पुस्तकालय दिवस आज देशभर मनाइँदै छ ।

विसं २०६५ देखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको हो । राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउने निणर्य गरेको थियो ।

सत्रौं पुस्तकालय दिवसका अवसरमा दुई साता अघिदेखि नै सरकारी एवं गैरसरकारी स्तरबाट विभिन्न कार्यक्रम सुरु भएको छ । सरकारले पुस्तकालय दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ ।

मूल समारोह समितिले यस वर्षको पुस्तकालय दिवसको नारा ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ तय गरेको छ । यही नाराका आधारमा आज पुस्तकालय दिवसको मूल कार्यक्रम गरिनेछ ।

हालसम्म सञ्चालनमा आएका दुईसय २७ वटा पुस्तकालयलाई राम्रोसंग चलाउने र आवश्यक परेका ठाउँमा स्थापना गर्न प्रोत्साहनको निति ल्याउनु पर्ने सचिव काफ्ले बताए ।

सम्बन्धित खबर

सुनसरीमा कार दुर्घटना:  न्यायाधीशसहित दुई जना घाइते

सुनसरीमा कार दुर्घटना:  न्यायाधीशसहित दुई जना घाइते

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा सवारी दुर्घटना हुँदा उच्च अदालत पाटनका न्यायाधीशसहित दुई जना घाइते भएका छन् । घाइते हुनेमा उच्च अदालत…
आजको मौसमः सुदुरपश्चिममा हल्का बर्षा हुन सक्ने, अन्य भुभाग सफा रहने

आजको मौसमः सुदुरपश्चिममा हल्का बर्षा हुन सक्ने, अन्य भुभाग…

हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको…
भूकम्प दिवसः पूर्वतयारीका लागि जोड्दिन जरुरी

भूकम्प दिवसः पूर्वतयारीका लागि जोड्दिन जरुरी

विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा हुनुहुन्छ । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु कम भए पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *