• भदौ ५, २०८१
  • No Comment
  • 192

हुम्लामा जीप दुर्घटना हुदाँ ७ जना घाइते

सुर्खेत। आज हुम्लाको चंखेली गाउँपालिका- २ मा यात्रु सवार बोलेरो जीप दुर्घटना हुदाँ ७ जना घाइते भएका छन । गौरीसल्ला देखि देराली बजार तर्फ जादै गरेको कर्णाली  प्रदेश २००१ च ०९२२ नम्बरको बोलेरो जीप आज ८ : १० तिर मोड्ने क्रममा मा दुर्घटना भएको हो ।

दुर्घटनामा परि ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले लाईका खबरसंग बताए ।
दुर्घटनाको खबर पाउनसाथ जिल्ला प्रहरी कार्यालयका प्रहरी सहयक निरीक्षक बालकृष्ण खड्को कमाण्डमा ७ जनाको टोली उद्दारका लागि खटिएको छ ।

दुर्घटनामा परि घाइते हुनेमा चंखेली गाउँपालिका – २ निवासी ३५ वर्षिय सुरेन्द्र शाही, सोही वडाका २० वर्षिय तिल बहादुर शाही, अर्का १५ वर्षिय रविन शाही, मुगु रारा छायाँनाथ नगरपालिका – १३ बस्ने ४० वर्षिय पृथी रावत, चंखेली २ का ३५ वर्षिय रमेश मल्ल, बाजुरा बुढिगंगा नगरपालिका  -४ का २५ वर्षिय चालक महेन्द्र बिक्रम शाह र चंखेली गाउँपालिका – २ की ३५ वर्षिय मायादेवी शाही रहेका छन ।

जीप सडक देखि करिब १५० मिटर तल खसेको छ ।

दार्मा स्वास्थ्य चौकि हुम्लामा उपचार भइरहेको उपरीक्षक खनालले बताए । घटनाको बाँकि अनुसन्धान भइरहेको पनि बताए ।

सम्बन्धित खबर

बिहान भिजाएको बदाम खाँदा यस्ता छन फाइदाहरू

बिहान भिजाएको बदाम खाँदा यस्ता छन फाइदाहरू

काठमाडौं । पोषण तत्वले भरिपूर्ण बदामलाई सबैभन्दा उपयोगी सुपरफुड मानिन्छ । नियमित रूपमा यसको सेवनले शारीरिक, मानसिक तथा छाला–कपालको स्वास्थ्यमा उल्लेख्य…
कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *