• भदौ ५, २०८१
  • No Comment
  • 258

हुम्लामा जीप दुर्घटना हुदाँ ७ जना घाइते

सुर्खेत। आज हुम्लाको चंखेली गाउँपालिका- २ मा यात्रु सवार बोलेरो जीप दुर्घटना हुदाँ ७ जना घाइते भएका छन । गौरीसल्ला देखि देराली बजार तर्फ जादै गरेको कर्णाली  प्रदेश २००१ च ०९२२ नम्बरको बोलेरो जीप आज ८ : १० तिर मोड्ने क्रममा मा दुर्घटना भएको हो ।

दुर्घटनामा परि ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले लाईका खबरसंग बताए ।
दुर्घटनाको खबर पाउनसाथ जिल्ला प्रहरी कार्यालयका प्रहरी सहयक निरीक्षक बालकृष्ण खड्को कमाण्डमा ७ जनाको टोली उद्दारका लागि खटिएको छ ।

दुर्घटनामा परि घाइते हुनेमा चंखेली गाउँपालिका – २ निवासी ३५ वर्षिय सुरेन्द्र शाही, सोही वडाका २० वर्षिय तिल बहादुर शाही, अर्का १५ वर्षिय रविन शाही, मुगु रारा छायाँनाथ नगरपालिका – १३ बस्ने ४० वर्षिय पृथी रावत, चंखेली २ का ३५ वर्षिय रमेश मल्ल, बाजुरा बुढिगंगा नगरपालिका  -४ का २५ वर्षिय चालक महेन्द्र बिक्रम शाह र चंखेली गाउँपालिका – २ की ३५ वर्षिय मायादेवी शाही रहेका छन ।

जीप सडक देखि करिब १५० मिटर तल खसेको छ ।

दार्मा स्वास्थ्य चौकि हुम्लामा उपचार भइरहेको उपरीक्षक खनालले बताए । घटनाको बाँकि अनुसन्धान भइरहेको पनि बताए ।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *