• साउन ३०, २०८१
  • No Comment
  • 164

‘सुरक्षा जाँचका क्रममा नागरिकलाई सास्ती नहोस’ : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुरक्षा जाँचका क्रममा आम नागरिकले दुःख नपाउन् भन्नेतर्फ सुरक्षा निकाय सधैँ सचेत रहनुपर्नेमा जोड दिँदै जनसेवालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् । यातायात क्षेत्रका समस्याबारे प्रदेश स्थित सुरक्षा निकाय र यातायात व्यवसायी लगायत सँग सम्बन्धित निकायका प्रतिनिधिहरूसँग मङ्गलबार भएको छलफलमा मुख्यमन्त्री कँडेलले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी नागरिक र व्यवसायी कसैलाई पनि असहज नहुनेगरी सुरक्षा जाँचको व्यवस्था मिलाउन निर्देशन दिए ।

‘सुर्खेतबाट दैलेख हुँदै जुम्लासम्म पुग्दा १७ स्थानमा चेक पइन्ट खडा गरिएको मैले पाएँ,’ यति धेरै स्थानमा सुरक्षा जाँच गर्नु उपयुक्त हो वा होइन सुरक्षा निकायलाई पुर्नविचार  गर्न आग्रह गर्दै उनले प्रश्न गरे । प्रचलित कानुन उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै उनले कानुन कार्यान्वयनका नाममा जनताले अनाहकमा दुःख नदिन  आग्रह गरे । कर्णाली प्रदेशसभा संसदीय समितिका सभापतिहरुसँग पत्रकार, उद्योगी,व्यवसायी, नागरिक अगुवा तथा कानुन व्यवसायीले सुरक्षा जाँचका नाममा सर्वसाधारणले दुःख पाएका तथा ट्राफिक प्रहरीले नियम विपरीत गतिविधि गरेका आरोप लगाएका थिए ।

सम्बन्धित खबर

पत्रकार सुरक्षा राज्यको कर्तव्य हो, हस्तक्षेप होइन : मुख्यमन्त्री कँडेल

पत्रकार सुरक्षा राज्यको कर्तव्य हो, हस्तक्षेप होइन : मुख्यमन्त्री…

सुर्खेत,  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारहरूको सुरक्षामा राज्यको भूमिकालाई हस्तक्षेपको रूपमा हैन, संरक्षणको रूपमा लिनुपर्ने बताएका छन् । आन्तरिक मामिला…
कर्मचारीलाई आन्दोलन फिर्ता लिन कर्णाली सरकारको आग्रह, वार्ता टोली गठन

कर्मचारीलाई आन्दोलन फिर्ता लिन कर्णाली सरकारको आग्रह, वार्ता टोली…

 सुर्खेत। स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीलाई कर्णाली प्रदेश सरकारले आन्दोलन फिर्ता लिन आग्रह…
वीरेन्द्रनगरमा जनसांस्कृतिक महासङ्घ कर्णाली प्रदेशको प्रथम अधिवेशन सम्पन्न

वीरेन्द्रनगरमा जनसांस्कृतिक महासङ्घ कर्णाली प्रदेशको प्रथम अधिवेशन सम्पन्न

वीरेन्द्रनगरमा जनसांस्कृतिक महासङ्घ कर्णाली प्रदेशको प्रथम अधिवेशन आज आइतबार सम्पन्न भएको छ । जनसांस्कृतिक महासङ्घ कर्णाली प्रदेशको आजको अधिवेशनले बालकृष्ण सुनारको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *