• साउन ३०, २०८१
  • No Comment
  • 188

आज चार प्रदेशमा अत्यधिक वर्षाको सम्भावना

आज चार प्रदेशमा अत्यधिक बर्षाको सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावले देशका चार प्रदेशमा अत्यधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, हाल देशभर मनसुनी वायु र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले वर्षा भइरहेको छ । अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया मौसम बदली रहने विभागको अनुमान छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अत्यधिक वर्षा हुने विभागको आकलन छ ।

त्यस्तै, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने बाढीपहिरोको जोखिमबाट जोगिन विभागले आग्रह गरेको छ । चारै प्रदेशमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि विभागले सचेत गराएको छ।

सम्बन्धित खबर

आज यी प्रदेशमा वर्षाको सम्भावना

आज यी प्रदेशमा वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभावका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत…
कोशी र गण्डकीका पहाडी भागमा चट्याङसहित वर्षाको सम्भावना

कोशी र गण्डकीका पहाडी भागमा चट्याङसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका…
आज यी स्थानमा हल्का वर्षाको सम्भावना

आज यी स्थानमा हल्का वर्षाको सम्भावना

हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया…

Leave a Reply

Your email address will not be published. Required fields are marked *