• बैशाख १७, २०८०
  • No Comment
  • 294

रुघाखोकी निको पार्ने ७ घरेलु उपाय

गर्मीयाम सुरु भएसँगै रुघाखोकीका बिरामी बढ्न थाल्छन् । सामान्यतया रुघाखोकी एलर्जी र भाइरल प्रकारका हुन्छन् ।

रुघाखोकी जसलाई लागिरहन्छ त्यो एलर्जीका कारण नै हुन्छ । धुलोधुवाँ, चिसो, वनस्पति र जनावरको एलर्जीले रुघाखोकी लाग्छ । रुघाखोकी लागेपछि कसरी निको पार्ने भन्ने ध्याउन्नमा हामी लाग्छौं । कोही रुघाखोकी लाग्नासाथ फार्मेसीमा गएर औषधि किनेर खान्छौं भने कोही घरेलु उपचारमा पनि लाग्छौं ।

यदि ज्वरो आएको छैन भने घरेलु उपचार गरेरै रुघाखोकी ठीक पार्न सकिन्छ ।

१. बेसार पानी

बेसारले एलर्जी र भाइरल दुवै समस्यालाई निको पार्छ । बेसारमा पाइने कर्क्युमिन रुघाखोकीको समस्यासँग लड्न प्रभावकारी तत्व मानिन्छ । किनकि यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । यसबाट राहत पाउन एक गिलास तातो दूध वा तातोपानीमा एक चम्चा बेसार मिसाएर एकछिन छाड्नुपर्छ । त्यसपछि चिया जस्तै पिउनुपर्छ । यसलाई बिहान बेलुका दुईपटक सेवन गर्नुपर्छ ।

२. अदुवा र मह

तातोपानी वा दूधमा अदुवाको रस र मह मिसाएर खाएमा पनि रुघाखोकी निको हुन्छ । अदुवाको प्रयोगले कोलेस्टेरोलको स्तरमा कमी हुनुका साथै स्थिर राख्न मद्दत गरेको हुन्छ । यो बिहान, दिउँसो र बेलुका गरी दिनको तीन पटक पिउन सकिन्छ । यदि तपाईंलाई रुघाखोकीले धेरै सताएको छ भने राति सुत्नुभन्दा अगाडि दूध वा तातोपानीमा अदुवा र मह मिसाएर पिउँदा स्वास्थ्यमा छिट्टै सुधार भएको महसुस हुन्छ ।

गहिरो खोकी, घाँटी दुखाइ र घाँटी खसखस, सुन्निनु, निल्न अप्ठेरो हुनु जस्ता समस्या अदुवाको प्रयोग गर्ने गरिन्छ ।

३. तुलसीको पात

दूधको चिया वा तातोपानीमा पाँचवटा तुलसीको पात हालेर दुई मिनेटसम्म तताएर दिनमा दुई–तीन पटक पिउँदा खोकीबाट छुटकारा पाउन सकिन्छ । यसमा चिनी नमिसाइकन मह मिसाएर वा नुन मिलाएर खाँदा प्रभावकारी हुन्छ । साथै चिया जस्तै खान नसकेमा तुलसीको पात चपाउनाले घाँटीको खसखस र खोकीबाट राहत मिल्छ ।

४. ल्वाङ, मरिच र मह

मरिज पनि चिया जस्तै तातोपानी वा दूधमा उमालेर पिउनाले रुघाखाकी निको हुन्छ । यसमा स्वादको लागि ल्वाङ, दालचिनी, अदुवा बेसार मिलाएर पनि खान सकिन्छ । यसले खोकी र घाँटी खसखस भएको निको हुन्छ । यसमा ल्वाङमा एन्टिफंगल, एन्टिब्याक्टेरियल, एन्टिइन्फ्लेमेट्री र एन्टिसेप्टिक गुण भएको हुन्छ, जसले गर्दा रुघाखोकी निको हुन्छ ।

५. मह र तातोपानी

रुघाखोकीको समस्याले ग्रसित भएको समयमा महको सेवन अचुक औषधि हुन सक्छ । महमा रोग प्रतिरोधात्मक गुण हुन्छ । महलाई तातोपानीमा मिसाएर सेवन गर्दा रुघाखोकी निको हुन्छ । मह रुघाखोकीका लागि बनाइने अधिकांश झोल पदार्थमा प्रयोग गरिन्छ ।

६. ज्वानो

रुघाखोकीको लागि झोल पदार्थ धेरै पिउनुपर्ने भएका कारण रुघाखोकी लाग्दा ज्वानोको झोलले शरीर तातो बनाइराख्ने काम गर्छ । जसले गर्दा शरीर चिसो हुनबाट जोगिन्छ । यसलाई तरकारीको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

७. जाइफल

जाइफलले प्रयोगले शरीरमा गर्मी, पूर्ति ल्याउने काम गर्छ । यसले पाचन प्र्रक्रिया बलियो बनाउने काम गर्छ । जसले गर्दा शरीरमा ऊर्जा बढाउँछ । यसलाई तातो पानीमा मिलाएर पिउने वा तेलमा मिसाएर मालिसको रुपमा उपयोग गर्न सकिन्छ । यसले खोकी कम गरेर आनन्दको निद्रा पुर्‍याउँछ ।

रुघाखोकी लागेमा तातो पानीको बाफ लिने, तातो पानी पिउने, रस भएको तातो खानेकुरा सेवन गर्ने गर्नुपर्छ । रुघाखोकी लागेको बेला अत्यधिक मात्रामा झोल पदार्थको सेवन गर्दा चाँडै निको हुने सम्भावना बढी हुन्छ ।

(डा. ज्ञवाली टेकुस्थित आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा विभागमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

सम्बन्धित खबर

ज्योति फाउन्डेसनद्वारा भूकम्प प्रभावित छात्रालाई छात्रवृत्ति वितरण

ज्योति फाउन्डेसनद्वारा भूकम्प प्रभावित छात्रालाई छात्रवृत्ति वितरण

सुर्खेत । श्रीज्योति फाउन्डेसनले भूकम्प प्रभावित जिल्लाका छात्रालाई लक्षित गर्दै छात्रवृत्ति वितरण गरेकाे छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकार्यमा…
जाजरकोटमा ब्राउन सुगरसहित चार युवक पक्राउ

जाजरकोटमा ब्राउन सुगरसहित चार युवक पक्राउ

जाजरकोट । मा लागू औषध ब्राउन सुगरसहित चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई शिवालय गाउँपालिका–१ स्थित छेडाचौर बजारबाट…
भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

 काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले वास्तविक सुकुम्वासीको पहिचान गर्न भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत परीक्षण प्रक्रिया सुरु गरेको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *