• साउन ९, २०८१
  • No Comment
  • 39

काठमाडौं उपत्यकामा आजदेखि पोलियो खोप अभियान सुरु

काठमाडौं उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान सुरु हुने भएको छ । भक्तपुर र ललितपुरका ५ वर्ष मुनिका सम्पुर्ण बालबालिकाका लागि विशेष पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको हो । खोप स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत घर-घरमा पुगेर दिइने छ । आजदेखि सुरु हुने यो पोलियो खोप अभियान निरन्तर १२ गतेसम्म चल्नेछ ।

पोलियो भाइरसबाट संक्रमण भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छन् । यो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने तर, ५ वर्ष मुनिका बालबालिकामा बढी जोखिम हुने डाक्टरको भनाइ छ ।

यो रोगबाट सुरक्षित हुने एक मात्र उपाय भनेको पोलियो विरुद्धको खोप नै हो । सरकारले बालबालिकालाई राष्ट्रिय खोप तालिकामार्फत पोलियो विरुद्धको खोप नियमित रूपमा दिँदै आएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *