- असार १०, २०८३
- No Comment
- 3
हुम्लामा जिप दुर्घटना: चार जना घाइते

हुम्ला। हुम्लाको सिमकोट गाउँपालिका–७ धारापोरीस्थित ताङलाथुङ–हिल्सा सडकखण्डमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। कर्णाली प्रदेश ०२–००१ ज ०७०१ नम्बरको जिप सडकबाट करिब १०० मिटर तल खसेपछि दुर्घटना भएको हो।
दुर्घटनामा जिप चालक सुर्खेत बराहताल गाउँपालिका–७ निवासी २८ वर्षीय रमेश सिजापति घाइते भएका छन्। साथै सिमकोट गाउँपालिका–७ ताङलाथुङ निवासी २८ वर्षीय गंगबहादुर शाही, ५५ वर्षीया गंगसरा शाही र ४० वर्षीय गोकुल शाही पनि घाइते भएका छन्।
दुर्घटनापछि स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको तत्काल उद्धार गरिएको थियो। उनीहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल सिमकोट पठाइएको जनाइएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



