• बैशाख १४, २०८०
  • No Comment
  • 203

अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडलाई

सुर्खेत । नेपाल राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयद्वारा आयोजित दोस्रो कर्णाली प्रदेशस्तरीय अन्तरबैंक फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

सनिबार सम्पन्न भएको फुटसल प्रतियोगितामा १४ बैंकको सहभागीता थियो । फुटसलको नकआउट प्रतियोगिता भएकोमा १४ टिममध्ये नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड विजेता बनेको छ । यस्तै, प्रभु बैंक लिमिटेड उपविजेता बनेको छ । सेमिफाइनल ४ टिमहरु ग्लोबल आइएमइ, हिमालयन, प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड पुगेका थिए ।

अन्तरबैंक फुटसल प्रतियोगितामा प्रभु बैंकका सुरेन्द्र लामा उत्कृष्ट खेलाडी बनेका छन् । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका खेमराज गिरी सर्वाधिक गोलकर्ता, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका योगेन्द्र सिंह ठगुन्ना उत्कृष्ट गोलकिपर बनेका छन् ।

एमएनएस पुटसलमा भएको प्रतियोगितामा नेपाल राष्ट्र बैंकका का.मु कार्यालय प्रमुख पुर्ण बहादुर मौरती नेपाली सभाअध्यक्ष तथा कर्णाली प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमाल प्रमुख अतिथि रहेका थिए । यस्तै कार्यक्रममा बैंकर्स एशोसिएसन कर्णाली प्रदेश र कर्णाली प्रदेसस्थित बैंक तथा वितिय संस्थाका प्रदेश प्रमुखहरको सहभागीता रहेको थियो ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *