• बैशाख १४, २०८०
  • No Comment
  • 274

अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडलाई

सुर्खेत । नेपाल राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयद्वारा आयोजित दोस्रो कर्णाली प्रदेशस्तरीय अन्तरबैंक फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

सनिबार सम्पन्न भएको फुटसल प्रतियोगितामा १४ बैंकको सहभागीता थियो । फुटसलको नकआउट प्रतियोगिता भएकोमा १४ टिममध्ये नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड विजेता बनेको छ । यस्तै, प्रभु बैंक लिमिटेड उपविजेता बनेको छ । सेमिफाइनल ४ टिमहरु ग्लोबल आइएमइ, हिमालयन, प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड पुगेका थिए ।

अन्तरबैंक फुटसल प्रतियोगितामा प्रभु बैंकका सुरेन्द्र लामा उत्कृष्ट खेलाडी बनेका छन् । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका खेमराज गिरी सर्वाधिक गोलकर्ता, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका योगेन्द्र सिंह ठगुन्ना उत्कृष्ट गोलकिपर बनेका छन् ।

एमएनएस पुटसलमा भएको प्रतियोगितामा नेपाल राष्ट्र बैंकका का.मु कार्यालय प्रमुख पुर्ण बहादुर मौरती नेपाली सभाअध्यक्ष तथा कर्णाली प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमाल प्रमुख अतिथि रहेका थिए । यस्तै कार्यक्रममा बैंकर्स एशोसिएसन कर्णाली प्रदेश र कर्णाली प्रदेसस्थित बैंक तथा वितिय संस्थाका प्रदेश प्रमुखहरको सहभागीता रहेको थियो ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *