• बैशाख १४, २०८०
  • No Comment
  • 312

एसीसी प्रिमियर कप: नेपाल समूह ‘ए’ काे विजेता

काठमाण्डाै ।एसीसी मेन्स प्रिमियर कपमा नेपाल समूह ‘ए’ काे विजेता बनेकाे छ । आज बिहीवार भएकाे खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेकाे हाे  ।

नेपालल दिएकाे १ सय ५८ रनकाे मध्यम लक्ष्य पछ्याएकाे कतार ओभरमा रन बनाउँदा अलआउट भयाे । कतारका जहीर इब्राहिम र खुर्रम शहजादले समान १५/१५ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५, साेमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपाल ४० ओभर ३ बलमा १ सय ५७ रनमा अलआउट भयाे । नेपालका स्पिनर सन्दीप लामिछानेले सर्वाधिक नटआउट ४२ रन बनाए । यस्तै कप्तान राेहित पाैडेलले २७ रन बनाए । कतारका आमिर फरूकले ४ र ओइस अहमदले ३ विकेट लिए ।

नेपाल ४ खेलमा ७ अङ्कसहित समूह विजेता बनेकाे हाे । नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेकाे थियाे । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट, दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएकाे थियाे भने तेस्राे खेलमा वर्षाका कारण अङ्क बाँडेको थियो । यही समूहबाट ओमानले पनि सेमिफाइनलमा स्थान बनाएकाे थियाे ।

यस्तै समूह ‘बी’ बाट यूएई सेमिफाइनल पुगिसकेकाे छ । अहिले भइरहेकाे हङकङ र कुवेतबीचकाे खेलकाे विजेता याे समूहबाट सेमिफाइनलमा पुग्ने अर्काे टाेली बन्नेछ ।

प्रतियोगिताकाे पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ । यस्तै दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ ।

सेमिफाइनल शनिवार हुनेछ । यस्तै फाइनल सोमवार हुनेछ । प्रतियोगिताकाे विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

सम्बन्धित खबर

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार…
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ।…
सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सुर्खेत। असार मसान्तलाई लक्षित गर्दै सार्वजनिक बिदाका दिनमा पनि चौकुने गाउँपालिकाले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय सञ्चालन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *