• बैशाख १४, २०८०
  • No Comment
  • 125

एसीसी प्रिमियर कप: नेपाल समूह ‘ए’ काे विजेता

काठमाण्डाै ।एसीसी मेन्स प्रिमियर कपमा नेपाल समूह ‘ए’ काे विजेता बनेकाे छ । आज बिहीवार भएकाे खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेकाे हाे  ।

नेपालल दिएकाे १ सय ५८ रनकाे मध्यम लक्ष्य पछ्याएकाे कतार ओभरमा रन बनाउँदा अलआउट भयाे । कतारका जहीर इब्राहिम र खुर्रम शहजादले समान १५/१५ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५, साेमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपाल ४० ओभर ३ बलमा १ सय ५७ रनमा अलआउट भयाे । नेपालका स्पिनर सन्दीप लामिछानेले सर्वाधिक नटआउट ४२ रन बनाए । यस्तै कप्तान राेहित पाैडेलले २७ रन बनाए । कतारका आमिर फरूकले ४ र ओइस अहमदले ३ विकेट लिए ।

नेपाल ४ खेलमा ७ अङ्कसहित समूह विजेता बनेकाे हाे । नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेकाे थियाे । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट, दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएकाे थियाे भने तेस्राे खेलमा वर्षाका कारण अङ्क बाँडेको थियो । यही समूहबाट ओमानले पनि सेमिफाइनलमा स्थान बनाएकाे थियाे ।

यस्तै समूह ‘बी’ बाट यूएई सेमिफाइनल पुगिसकेकाे छ । अहिले भइरहेकाे हङकङ र कुवेतबीचकाे खेलकाे विजेता याे समूहबाट सेमिफाइनलमा पुग्ने अर्काे टाेली बन्नेछ ।

प्रतियोगिताकाे पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ । यस्तै दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ ।

सेमिफाइनल शनिवार हुनेछ । यस्तै फाइनल सोमवार हुनेछ । प्रतियोगिताकाे विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

सम्बन्धित खबर

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ३ यरिचोक पतेनीलाइनस्थित वली स्टोर एण्ड सप्लायर्सको गोदाममा आगलागि भएको छ । विहिबार राती अन्दाजी १ बजेको…
उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

दैलेख । दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखको दशौँ अधिवेशन तथा निर्वाचन भएको छ। उक्त निर्वाचनमा ३३१ मत प्राप्त गरी नरेन्द्र थापा…
युनिसेफ नेपालद्वारा कार्यशाला गोष्ठी

युनिसेफ नेपालद्वारा कार्यशाला गोष्ठी

दैलेख। युनिसेफ नेपाल को आर्थिक सहयोगमा नारायण नगरपालिका दैलेखको आयोजनामा नारायण नगरपालिका १ को वडा कार्यालयमा कार्यशाला गोष्ठी गरिएको छ। बिहिबार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *