• असार १२, २०८३
  • No Comment
  • 12

काठमाडौँ उपत्यकाका १५ अवैध कन्सल्टेन्सीका १८ सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा दर्ता तथा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेका १५ वटा कन्सल्टेन्सीका १८ सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। अनुगमनका क्रममा अवैध रूपमा सञ्चालनमा रहेका कन्सल्टेन्सी फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी परिसरमा पठाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये १४ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं, २ जनालाई भक्तपुर र २ जनालाई ललितपुर पठाइएको छ। कारबाहीमा परेका कन्सल्टेन्सीमा गुरुबा–स्टडी ग्लाइडर, लेक्सिको एजुकेशन, पास्कल एजुकेशन, एपिटोम एजुकेशन, मेघाटेक एजुकेशन, स्किल पोइन्ट एजुकेशन, भाइब्रेन्ट एजुकेशन, ड्रीम एजुकेशन, युनिभर्सल गेटवे, भिक्ट्री एजुकेशन, २४ घण्टा एजुकेशन, ग्रिनर एजुकेशन, ग्लोबल इम्प्याक्ट, उरेशी एजुकेशन र ब्लूम एब्रोड रहेका छन्।

सम्बन्धित खबर

सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सुर्खेत। असार मसान्तलाई लक्षित गर्दै सार्वजनिक बिदाका दिनमा पनि चौकुने गाउँपालिकाले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय सञ्चालन…
सल्यानमा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

सल्यानमा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

 सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ। उच्च रक्तचाप, मधुमेह, मानसिक रोग…
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा लाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)…

Leave a Reply

Your email address will not be published. Required fields are marked *