• असार १०, २०८३
  • No Comment
  • 16

सदस्यता अद्यावधिकका नाममा सदस्यता खारेज गर्ने निर्णयप्रति कांग्रेसभित्र असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता अद्यावधिक नगरेका व्यक्तिलाई पार्टी सदस्य नरहने भनिएको अभिव्यक्तिप्रति असन्तुष्टि देखिएको छ। सभापतिले झापामा आयोजित कार्यक्रममा अद्यावधिक नभएका सदस्यहरू वडा अधिवेशनदेखि माथिल्लो तहको निर्वाचन प्रक्रिया तथा आगामी १५औँ महाधिवेशनमा सहभागी हुन नपाउने बताएका थिए।

यस विषयमा पार्टीका केही नेता तथा कार्यकर्ताले आपत्ति जनाएका छन्। युवा नेता भुपेन्द्रजंग शाहीले लामो समयदेखि पार्टीमा योगदान दिएका कार्यकर्ताको सदस्यता खारेज गर्ने निर्णय लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको आरोप लगाए।

उनले अद्यावधिक प्रक्रियालाई राजनीतिक रूपमा प्रयोग गरी फरक विचार राख्ने तथा नेतृत्वलाई प्रश्न गर्ने कार्यकर्तालाई किनारा लगाउने प्रयास भइरहेको दाबी गरे। कांग्रेस लोकतान्त्रिक अभ्यास, बहस र विचारको प्रतिस्पर्धाबाट सञ्चालन हुनुपर्ने उल्लेख गर्दै उनले पार्टीभित्र सुधार र संगठनात्मक न्यायका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित खबर

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला — कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज…
सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख १६ हजारको बजेट

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख…

सुर्खेत। चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम…
अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३…

धनगढी । अनैतिक गतिविधिमा संलग्न ११ महिला, सात भारतीय नागरिकसहित १३ पुरुष प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *