• बैशाख ११, २०८३
  • No Comment
  • 9

पञ्चपुरी २ प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा आँखा उपचार सेवा उद्घाटन

सुर्खेत। पञ्चपुरी नगरपालिका–२ सालकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार सेवा औपचारिक रूपमा उद्घाटन गरिएको छ। स्थानीय नागरिकलाई सहज र नजिकबाट आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सुरु गरिएको हो। कार्यक्रम याम बहादुर बी.सी.को अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा लालबिर भण्डारीको उपस्थिति रहेको थियो।

विशेष अतिथिहरूमा पञ्चपुरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख गंगादेव पुरी, वडा नं. ३ का वडा अध्यक्ष बल बहादुर रोकाय, वडा नं. १० का वडा अध्यक्ष हरि प्रसाद ढकाल, प्राथमिक स्वास्थ्य केन्द्र सालकोटका कार्यालय प्रमुख डा. आभासचन्द्र कटुवाल तथा प्रहरी चौकी सालकोटका इन्चार्ज तीर्थ अधिकारी लगायत स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा विभिन्न सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै डा. आभासचन्द्र कटुवालले स्वास्थ्य केन्द्रले प्रदान गर्दै आएका सेवाहरूको बारेमा जानकारी गराउँदै नयाँ सुरु गरिएको आँखा उपचार सेवाले स्थानीयवासीलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै, प्रमुख अतिथि लालबिर भण्डारीले ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको विस्तार हुनु अत्यन्त महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो। उहाँले विगतमा सामान्य आँखा समस्या उपचारका लागि पनि टाढा जानुपर्ने बाध्यता रहेको स्मरण गर्दै अब स्थानीय स्तरमै सेवा उपलब्ध हुनुले समय र खर्च दुवैको बचत हुने बताउनुभयो।

साथै, यस्तो सेवा निरन्तर, गुणस्तरीय र प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक जनशक्ति, औषधि तथा उपकरणको व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय सरकार, स्वास्थ्य संस्था र समुदायबीच सहकार्य भएमा यस्ता सेवाहरू अझै सुदृढ र दीगो बनाउन सकिने धारणा राख्नुभयो। अन्त्यमा, यस सेवाबाट अधिकतम लाभ लिन स्थानीयवासीलाई समयमै स्वास्थ्य जाँच गराउन आग्रह समेत गर्नुभयो। कार्यक्रमको सञ्चालन वरिष्ठ जनस्वास्थ्य निरीक्षक राजेन्द्र अधिकारीले गर्नुभएको थियो।

सम्बन्धित खबर

विश्वकप लिग–२: यूएईविरुद्ध नेपाल ३७ रनले विजयी

विश्वकप लिग–२: यूएईविरुद्ध नेपाल ३७ रनले विजयी

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार सम्पन्न खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोली ले यूएई राष्ट्रिय क्रिकेट टोली लाई ३७…
कर्णालीलाई ‘सुटिङ हब’ बनाउने लक्ष्यसहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

कर्णालीलाई ‘सुटिङ हब’ बनाउने लक्ष्यसहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र…

काठमाडौं । तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पन्न भएको छ। ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ तथा ‘जनजनमा…
रेशम नेपकिङलाई ‘राष्ट्रिय कल्याण पुरस्कार २०२५’ प्रदान

रेशम नेपकिङलाई ‘राष्ट्रिय कल्याण पुरस्कार २०२५’ प्रदान

काठमाडौं । सामाजिक सेवामा सक्रिय रेशम नेपकिङलाई ‘राष्ट्रिय कल्याण पुरस्कार २०२५’ प्रदान गरिएको छ। कर्णाली प्रदेशसहित देशका विभिन्न जिल्लामा सामाजिक कार्यमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *