• बैशाख १२, २०८३
  • No Comment
  • 66

रेशम नेपकिङलाई ‘राष्ट्रिय कल्याण पुरस्कार २०२५’ प्रदान

काठमाडौं । सामाजिक सेवामा सक्रिय रेशम नेपकिङलाई ‘राष्ट्रिय कल्याण पुरस्कार २०२५’ प्रदान गरिएको छ। कर्णाली प्रदेशसहित देशका विभिन्न जिल्लामा सामाजिक कार्यमा योगदान पुर्‍याउँदै आएका नेपकिङलाई उक्त सम्मान प्रदान गरिएको हो।

स्वास्थ्य, शिक्षा, बालबालिका तथा विपद् व्यवस्थापनका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका उनले सानो प्रयासमार्फत समाजमा सहयोग गर्दै आएका छन्। सोही योगदानको कदरस्वरूप उनलाई उक्त पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

पुरस्कार प्राप्तिपछि प्रतिक्रिया दिँदै नेपकिङले उक्त सम्मान आफू एक्लैको नभई आफूलाई साथ, सहयोग र विश्वास गर्ने सबैको साझा उपलब्धि भएको बताएका छन्। उनले सहयोग, हौसला र विश्वास प्रदान गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

नेपकिङले आगामी दिनहरूमा पनि सामाजिक सेवामा थप सक्रिय रहने र समाजका लागि अझ बढी योगदान गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, सामाजिक कार्यसँगै कलाकारिता क्षेत्रमा अघि बढ्न प्रेरणा दिने प्राध्यापक प्रदीप राज बन्टालगायत सम्पूर्ण आयोजकप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्।

सम्बन्धित खबर

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक जनाको मृत्यु

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक…

सुर्खेत, असार १४ — सुर्खेतको पञ्चपुरी नगरपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–९ कुलिबाद निवासी अन्दाजी…
जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार…
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *