• बैशाख ११, २०८३
  • No Comment
  • 38

अतिक्रमणकारी र सुकुम्बासी छुट्याएर जग्गा वितरण गरिने : प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमणकारी र वास्तविक सुकुम्बासी छुट्याएर आवश्यक व्यक्तिलाई यथाशक्य चाँडो जग्गा वितरण गर्ने बताएका छन्।

शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले दीर्घकालीन रूपमा जटिल बन्दै आएको सुकुम्बासी समस्याको स्थायी समाधानतर्फ सरकार केन्द्रित रहेको उल्लेख गरेका छन्।

उनले वास्तविक सुकुम्बासी पहिचान गरी उनीहरूको व्यवस्थापन गर्ने तथा अतिक्रमण गर्नेहरूलाई छुट्याएर कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पारेका छन्। साथै, समस्या समाधानका लागि सरकारले व्यवस्थित योजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

प्रधानमन्त्री शाहको उक्त भनाइ सुकुम्बासी व्यवस्थापन तथा जग्गा वितरण सम्बन्धी विषयमा भइरहेको बहसका बीच आएको हो।

सम्बन्धित खबर

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक जनाको मृत्यु

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक…

सुर्खेत, असार १४ — सुर्खेतको पञ्चपुरी नगरपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–९ कुलिबाद निवासी अन्दाजी…
जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार…
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *