• बैशाख ११, २०८३
  • No Comment
  • 12

सुर्खेतकाे  बराहतालमा अवैध भरुवा बन्दुकसहित राना पक्राउ

सुर्खेत, ११ वैशाख । सुर्खेतको बराहताल गाउँपालिकाबाट प्रहरीले अवैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।

बराहताल गाउँपालिका वडा नं. ४ मा अवैध रूपमा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सो बन्दुक बरामद गरेको हो। अस्थायी प्रहरी पोष्ट तरंगा र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट संयुक्त रूपमा खटिएको टोलीले स्थानीय ५३ वर्षीय शेर बहादुर रानालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रानाले आफ्नै घरमा एक थान अवैध भरुवा बन्दुक लुकाएर राखेको अवस्थामा फेला परेको थियो। उनलाई हाल आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरमा राखिएको छ।

घटनामा संलग्न रानाविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

विश्वकप लिग–२: यूएईविरुद्ध नेपाल ३७ रनले विजयी

विश्वकप लिग–२: यूएईविरुद्ध नेपाल ३७ रनले विजयी

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार सम्पन्न खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोली ले यूएई राष्ट्रिय क्रिकेट टोली लाई ३७…
कर्णालीलाई ‘सुटिङ हब’ बनाउने लक्ष्यसहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

कर्णालीलाई ‘सुटिङ हब’ बनाउने लक्ष्यसहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र…

काठमाडौं । तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पन्न भएको छ। ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ तथा ‘जनजनमा…
रेशम नेपकिङलाई ‘राष्ट्रिय कल्याण पुरस्कार २०२५’ प्रदान

रेशम नेपकिङलाई ‘राष्ट्रिय कल्याण पुरस्कार २०२५’ प्रदान

काठमाडौं । सामाजिक सेवामा सक्रिय रेशम नेपकिङलाई ‘राष्ट्रिय कल्याण पुरस्कार २०२५’ प्रदान गरिएको छ। कर्णाली प्रदेशसहित देशका विभिन्न जिल्लामा सामाजिक कार्यमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *