• बैशाख १०, २०८३
  • No Comment
  • 23

चौकुनेमा कृषि व्यवसाय र बजारिकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न

सुर्खेत। LICED, SAC Nepal र चौकुने गाउँपालिकाको सहकार्य तथा समन्वयमा कृषि व्यवसाय सञ्चालन योजना तथा कृषि उपज बजारिकरणका लागि सङ्कलन केन्द्र व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ।

चौकुने गाउँपालिकामा आयोजित उक्त तालिमले स्थानीय किसानलाई व्यवसायिक तथा बजारमुखी कृषि प्रणालीतर्फ उन्मुख गराउने लक्ष्य लिएको थियो। तालिममार्फत कृषि उपजको सङ्कलन, भण्डारण, मूल्य निर्धारण र बजार व्यवस्थापनका व्यावहारिक पक्षबारे सहभागीहरूलाई ज्ञान तथा सीप प्रदान गरिएको छ। तालिममा स्थानीय किसान, कृषि उद्यमी तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

सहभागीहरूले प्राप्त ज्ञानले उत्पादनलाई व्यवस्थित रूपमा बजारसम्म पुर्याउन मद्दत पुग्ने बताएका छन्। कार्यक्रममा चौकुने गाउँपालिकाका कृषि बिकास शाखा प्रमुख लोक मणि जोशी ले यस्ता तालिमले कृषि क्षेत्रको व्यवसायीकरणमा टेवा पुग्ने उल्लेख गर्दै उत्पादनदेखि बजारसम्मको व्यवस्थापन सुदृढ गर्न आवश्यक रहेको बताउनुभयो।

सम्बन्धित खबर

विश्वकप लिग–२: यूएईविरुद्ध नेपाल ३७ रनले विजयी

विश्वकप लिग–२: यूएईविरुद्ध नेपाल ३७ रनले विजयी

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार सम्पन्न खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोली ले यूएई राष्ट्रिय क्रिकेट टोली लाई ३७…
कर्णालीलाई ‘सुटिङ हब’ बनाउने लक्ष्यसहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

कर्णालीलाई ‘सुटिङ हब’ बनाउने लक्ष्यसहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र…

काठमाडौं । तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पन्न भएको छ। ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ तथा ‘जनजनमा…
रेशम नेपकिङलाई ‘राष्ट्रिय कल्याण पुरस्कार २०२५’ प्रदान

रेशम नेपकिङलाई ‘राष्ट्रिय कल्याण पुरस्कार २०२५’ प्रदान

काठमाडौं । सामाजिक सेवामा सक्रिय रेशम नेपकिङलाई ‘राष्ट्रिय कल्याण पुरस्कार २०२५’ प्रदान गरिएको छ। कर्णाली प्रदेशसहित देशका विभिन्न जिल्लामा सामाजिक कार्यमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *