• बैशाख १०, २०८३
  • No Comment
  • 26

सुर्खेतमा लागुऔषध र शंकास्पद गतिविधिमा संलग्न २८ जना पक्राउ, १९४ ग्राम चरेस बरामद

 सुर्खेत — सुर्खेत मा प्रहरीले सञ्चालन गरेको विशेष निगरानी तथा अनुसन्धान अभियानका क्रममा २८ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत का अनुसार पक्राउ पर्नेहरूमा २७ जना पुरुष र १ जना महिला रहेका छन्। उनीहरू लागुऔषध सेवन, सार्वजनिक स्थानमा झैझगडा, पुराना लागुऔषध सम्बन्धी मुद्दामा संलग्नता तथा विभिन्न शंकास्पद गतिविधिमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीले जिल्लामा शान्ति सुरक्षा सुदृढ पार्ने र लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरेको जनाएको छ।

पक्राउ परेका २८ जनामध्ये दुई जनाको साथबाट लागुऔषध चरेस बरामद गरिएको छ। वीरेन्द्रनगर नगरपालिका–८ बस्ने ३६ वर्षीय सर्जन शाही र ३५ वर्षीया दुर्गा शाही को साथबाट १९४ ग्राम कालो पदार्थ (चरेस जस्तो देखिने) बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापा ले पक्राउ परेका सबैलाई हिरासतमा राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए।

सम्बन्धित खबर

विश्वकप लिग–२: यूएईविरुद्ध नेपाल ३७ रनले विजयी

विश्वकप लिग–२: यूएईविरुद्ध नेपाल ३७ रनले विजयी

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार सम्पन्न खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोली ले यूएई राष्ट्रिय क्रिकेट टोली लाई ३७…
कर्णालीलाई ‘सुटिङ हब’ बनाउने लक्ष्यसहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

कर्णालीलाई ‘सुटिङ हब’ बनाउने लक्ष्यसहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र…

काठमाडौं । तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पन्न भएको छ। ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ तथा ‘जनजनमा…
रेशम नेपकिङलाई ‘राष्ट्रिय कल्याण पुरस्कार २०२५’ प्रदान

रेशम नेपकिङलाई ‘राष्ट्रिय कल्याण पुरस्कार २०२५’ प्रदान

काठमाडौं । सामाजिक सेवामा सक्रिय रेशम नेपकिङलाई ‘राष्ट्रिय कल्याण पुरस्कार २०२५’ प्रदान गरिएको छ। कर्णाली प्रदेशसहित देशका विभिन्न जिल्लामा सामाजिक कार्यमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *