• बैशाख ६, २०८३
  • No Comment
  • 36

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम आजदेखी सुरु

सुर्खेत। चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित क्षमता अभिवृद्धि तालिम आजदेखि सुरु भएको छ। बैशाख ६ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उक्त तालिम चौकुने गाउँपालिका शिक्षा शाखाको आयोजनामा सम्पन्न भएको हो ।

तालिम स्याक नेपालको समन्वय तथा सहकार्य र राष्ट्रिय सेतो गुराँस बाल विकास सेवाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो। कार्यक्रम सामाजिक विकास संयोजक एवं वडा नम्बर ८ का वडा अध्यक्ष कमल जी.सी.को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि चौकुने गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोला बिशेष अतिथि शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढा स्वास्थ्य शाखा प्रमुख गगन सिहं पाण्डेय लगायतको उपस्थित रहेको थियो कार्यक्रमका प्रमुख अतिथि चौकुने गाउँपालिकाका उपाध्यक्ष नर बहादुर बान्तोलाले बालबालिकाको समग्र विकासका लागि प्रारम्भिक शिक्षाको भूमिका महत्वपूर्ण हुने बताउँदै यस्ता तालिमले सहजकर्ताको क्षमता अभिवृद्धिमा ठुलो योगदान पुर्याउने धारणा राख्नुभयो।

त्यस्तै, सामाजिक विकास संयोजकले बालबालिकाको गुणस्तरीय सिकाइ सुनिश्चित गर्न दक्ष जनशक्ति आवश्यक रहेको उल्लेख गर्नुभएको थियो । कार्यक्रममा शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढाले स्वागत मन्तव्य व्यक्त गर्दै तालिमको उद्देश्य र आवश्यकताबारे जानकारी गराउनु थियो।

उक्त तालिमले बालविकास केन्द्रमा कार्यरत सहजकर्ताको सीप, ज्ञान र व्यवहारमा सुधार ल्याई बालबालिकाको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। तालिमका सहजकर्ता ललि बाह्रघरे रहनुभएको छ भने कार्यक्रमको सञ्चालन शिव प्रसाद गौतमले गर्नुभएको थियो।

सम्बन्धित खबर

रेशम नेपकिङलाई ‘राष्ट्रिय कल्याण पुरस्कार २०२५’ प्रदान

रेशम नेपकिङलाई ‘राष्ट्रिय कल्याण पुरस्कार २०२५’ प्रदान

काठमाडौं । सामाजिक सेवामा सक्रिय रेशम नेपकिङलाई ‘राष्ट्रिय कल्याण पुरस्कार २०२५’ प्रदान गरिएको छ। कर्णाली प्रदेशसहित देशका विभिन्न जिल्लामा सामाजिक कार्यमा…
सुर्खेतमा शृङ्खलाबद्ध चोरी गर्ने ‘हाइप्रोफाइल’ चोर पक्राउ 

सुर्खेतमा शृङ्खलाबद्ध चोरी गर्ने ‘हाइप्रोफाइल’ चोर पक्राउ 

 सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न स्थानमा चोरी गर्दै आतङ्क मच्चाउँदै आएका एक जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–११ गाग्रेतालस्थित…
अतिक्रमणकारी र सुकुम्बासी छुट्याएर जग्गा वितरण गरिने : प्रधानमन्त्री बालेन्द्र शाह

अतिक्रमणकारी र सुकुम्बासी छुट्याएर जग्गा वितरण गरिने : प्रधानमन्त्री…

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमणकारी र वास्तविक सुकुम्बासी छुट्याएर आवश्यक व्यक्तिलाई यथाशक्य चाँडो जग्गा वितरण गर्ने बताएका छन्। शुक्रबार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *