- बैशाख ११, २०८३
- No Comment
- 6
सुकुमवासी बस्ती खाली गर्ने योजना रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । सुकुमवासी बस्ती खाली गर्ने सरकारी योजना तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ।
Back to Top

काठमाडौं । सुकुमवासी बस्ती खाली गर्ने सरकारी योजना तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ।
शुक्रबार बिहान करिब साढे ११ बजे थापाथली बस्तीमा बस्ने गोपाल रन पहेलीसहित विभिन्न युवाअगुवाहरू अर्णव चौधरी, ओजस्वी भट्टराई, तनुजा पाण्डे, माजिद अन्सारी, प्रज्वलविक्रम राणा, कविता राई र विकासकुमार गुप्ताले संयुक्त रूपमा रिट निवेदन पेस गरेका हुन्।
रिटमा सरकारले काठमाडौंको थापाथली, मनोहरा, सिनामंगललगायत देशभरिका नदी किनार तथा विभिन्न स्थानमा रहेका सुकुमवासी बस्तीबाट भूमिहीन तथा सुकुमवासीलाई जबरजस्ती हटाउने तयारी गरेको उल्लेख गरिएको छ। सो कार्य तत्काल रोक्न माग गरिएको छ।
निवेदकहरूले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका बस्तीहरू हटाउने तथा खाली गराउने सम्बन्धमा जारी गरिएको सूचना कुनै कानुनी आधारबिना जारी गरिएको दाबी गरेका छन्। यदि कुनै निर्णय वा आदेशका आधारमा गरिएको भए त्यसलाई झिकाई उत्प्रेषण आदेशमार्फत बदर गर्न माग गरिएको छ।
त्यस्तै, वैशाख १० गतेदेखि नै माइकिङमार्फत सूचना प्रसारण भइरहेको उल्लेख गर्दै तत्काल रिट दर्ता गरी सुनुवाइ गर्न र अन्तरिम आदेश जारी गर्न समेत माग गरिएको छ।
सर्वोच्च अदालतमा दर्ता भएको उक्त रिटमाथि सुनुवाइ प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।


