• माघ २७, २०८२
  • No Comment
  • 77

के तपाईं तौल कम गर्न चाहनुहुन्छ? अपनाउनुहोस् यी ७ टिप्स

काठमाडौं — आजकाल तौल घटाउने चाहनामा धेरैजसो मानिसले खाना नै नखाने वा अत्यधिक डाइट गर्ने गरेको देखिन्छ। तर विज्ञहरूका अनुसार भोकै बस्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। शरीरलाई दैनिक कार्यसम्पादनका लागि प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, भिटामिन र मिनरल्सजस्ता पोषक तत्वको सन्तुलित आवश्यकता पर्छ।

धेरैले खाना कम खाए मात्रै तौल घट्छ भन्ने भ्रम पालेका हुन्छन्, जुन पूर्ण रूपमा गलत हो। सही खानपान र जीवनशैली अपनाएमा प्रशस्त खाना खाएर पनि तौल नियन्त्रण गर्न सकिन्छ। यसका लागि तल उल्लेखित उपायहरू उपयोगी मानिन्छन्।

तौल कम गर्न चाहनेका लागि फिस डाइट चार्ट एक प्रभावकारी विकल्प हो। नियमित रूपमा माछाको सेवन गर्दा तौल घटाउनुका साथै शरीरलाई आवश्यक पोषक तत्व पनि प्राप्त हुन्छ। माछामा पाइने ओमेगा–३ फ्याटी एसिडले शरीरको सुन्निने समस्या कम गर्नुका साथै मुटु स्वस्थ राख्न मद्दत गर्छ। साथै, यो उच्च प्रोटिनको स्रोत भएकाले मांसपेशी मजबुत बनाउने र मेटाबोलिज्म सक्रिय गर्ने काम गर्छ।

दैनिक डाइट चार्ट

बिहान उठ्ने बित्तिकै:
राति सुत्नुअघि सानो चम्चाको २ चम्चा मेथी दाना भिजाएर बिहान खाली पेटमा सेवन गर्नुस्।

ब्रेकफास्ट:
सातुसँग एक कप अंगुरको जुस
वा
२ वटा उसिनेको अण्डा, एक कप दूध र ४ वटा हाँडे बदाम

मिड–मर्निङ:
एक कप ग्रिन टी

दिउँसोको खाना:
सलाद र एक कप दही
ग्रिन तरकारीसँग एक पिस माछा

लन्चपछि:
एक कप नरिवल पानी
वा
गाजर

डिनर:
ग्रिन तरकारी, एक कचौरा ब्राउन राइस र माछा

सुत्नुअघि:
एक कप मनतातो दूधमा बेसार मिसाएर

डाइट चार्ट पालना गर्दा ध्यान दिनुपर्ने कुरा

  • दैनिक ३–४ प्रकारका तरकारी र ३ प्रकारका फलफूल खाने

  • अन्न र स्वस्थकर फ्याट सन्तुलित रूपमा प्रयोग गर्ने

  • दिनमा ५–६ पटक सानो मात्रामा खाने

  • प्रशस्त पानी पिउने

  • कम्तीमा ६–७ घण्टा पर्याप्त सुत्ने

  • नियमित शारीरिक व्यायाम गर्ने

  • योग र ध्यानको अभ्यास गर्ने

  • लिफ्टको सट्टा सिँढी प्रयोग गर्ने

विज्ञहरूका अनुसार तौल घटाउने प्रक्रियामा धैर्य र निरन्तरता अत्यन्तै आवश्यक हुन्छ। अस्वस्थ तरिकाबाट तौल घटाउनेभन्दा सन्तुलित खानपान र स्वस्थ जीवनशैली अपनाउनु नै दीर्घकालीन रूपमा लाभदायक हुन्छ।

सम्बन्धित खबर

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण…

सुर्खेत। आवाज संस्था र TDHको संयुक्त साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत पञ्चपुरी नगरपालिकाका युवालाई खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको…
जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला — कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज…
सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख १६ हजारको बजेट

सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्‍यो ६० करोड ७४ लाख…

सुर्खेत। चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *