• पुस २८, २०८२
  • No Comment
  • 111

सुर्खेतकाे चौकुने गाउँपालिकामा कृतिम आगलागी घटना अभ्यास कार्यक्रम सम्पन्न

चौकुने। चौकुने गाउँपालिकाको आयोजना तथा सोसेक नेपाल र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस गुटुको सहजिकरणमा कृतिम आगलागी घटना अभ्यास सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। समुदायमा आगलागी जस्ता विपद्‌का बेला अपनाउनुपर्ने सुरक्षा उपाय, उद्धार र नियन्त्रणका विधिबारे जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।

अभ्यास तथा प्रशिक्षण सशस्त्र प्रहरी बल नेपाल गुटुका प्रशिक्षक स. प्र. नि. मीन बहादुर केसी, थुम प्रसाद कडेल र चौकुने गाउँपालिका विपद ब्यवस्थापनका शाखा प्रमुख पदम राज शर्माले प्रदान गर्नुभएको थियो। श्री जीवन ज्योति माध्यमिक विद्यालय, झकमके गुटुमा सम्पन्न कार्यक्रममा , शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो।

अभ्यासका क्रममा आगलागी हुन सक्ने सम्भावित जोखिम, आगो निभाउने प्रारम्भिक उपाय, सुरक्षित उद्धार प्रक्रिया र आपतकालीन अवस्थामा समन्वयका विषयमा व्यावहारिक जानकारी दिइएको थियो। कार्यक्रमले समुदायको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न सहयोग पुगेको सहभागीहरूले बताएका छन्। आयोजक चौकुने गाउँपालिकाले यस्ता जनचेतनामूलक तथा अभ्यासात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका–८ द्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

चौकुने गाउँपालिका–८ द्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

चौकुने। सुर्खेतकाे चौकुने गाउँपालिका वडा नं. ८ को कार्यालयद्वारा वडा भित्रका ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको छ। चिसो मौसमलाई मध्यनजर…
चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन

चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन

चौकुने। सुर्खेतकाे चौकुने गाउँपालिकामा पालिका स्तरीय बाल संजाल गठन गरिएको छ। चौकुने गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा चौकुने महिला तथा बालबालिका शाखाले…
चौकुने गाउँपालिकामा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सम्पन्न

चौकुने गाउँपालिकामा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर…

चौकुने। सुर्खेतको चौकुने गाउँपालिका र साईनिङ्ग आई.एन.एफ. नेपाल, सुर्खेतको साझेदारीमा अपाङ्गता स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सञ्चालन गुटु स्वास्थ्य चौकीमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *