• भदौ ६, २०८२
  • No Comment
  • 74

विद्यालयस्तरीय तिज गीत प्रतियोगिता सम्पन्न

चौकुने। चौकुने गाउँपालिका वडा नम्बर २ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चौकुने २ लगामले तीजको अवसर पारेर ” हाम्रो परम्परा कला र संस्कृतिको संरक्षण गरौं ” भन्ने मुल नाराका साथ विद्यालयस्तरीय तिज गीत प्रतियोगिता सम्पन्न गरेको छ । ने रा मा बि लगामका प्राध्यापक लाल बहादुर थापाले कार्यक्रमको उद्घाटन गर्दै तीज गीतका नाममा छाडा गीत, रत्यौली लगायतका संस्कृति भन्दा बाहिरको विषय हाबी भएको बताउनु भएको छ ।

तिज पर्व र तिज गीतलाई पुरानै लयमा फर्काउन मौलिक तिज गीत प्रतियोगिता आवश्यक रहेको उहाँको सुझाव रहेको छ । पछिल्लो समय तिज गीत सुन्न नसकिने खालका भड्किला हुँदा परम्परागत संस्कृतिको संरक्षण गर्नुपर्नेमा थापाले जोड दिनु भएको छ । नेपाली कला, संस्कृति संरक्षण गर्ने उद्देश्यले विद्यालय स्तरीय तिज गीत प्रतियोगिता आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुनसिंह बि क ले बताउनुभयो ।

महिला दिदीबहिनीको सम्मानका लागि विद्यालयस्तरीय तिज गीत प्रतियोगिता सञ्चालन गरिएको हो । विद्यालयस्तरीय तिज गीत प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो हुनेलाई नगद तथा स्टेसनरी सामाग्री बितरण गरिएको प्राध्यापक लाल बहादुर थापाले जानकारी दिनुभएको छ कार्यक्रम श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालयका प्र अ लाल बहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा देवमानसिहं बन्तोला ,चन्दकला थापा मगर ,तुलिसरा खत्री ,यामसरी आले मगर ,गंगा बि क ,गरिमा बन्तोला ,जैसरा आले मगर र शिक्षक अभिभावक संध अध्यक्ष महेन्द्र खण्डी लगायत बिध्यार्थीहरु र अभिभावकको उपस्थित रहेको उक्त कार्यक्रम ने रा मा बि का सह- प्रध्यापक मन बहादुर सिजापति मगरले संचालन गर्नु भएको थियो ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *