- भदौ १, २०८२
- No Comment
- 110
गुन्डा नाइके राजु गोर्खाली पक्राउ

काठमाडौँ – गुन्डा नाइकेका रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरी स्रोतका अनुसार उनलाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरिएको हो।
राजु गोर्खाली यसअघि पनि विभिन्न आपराधिक गतिविधिहरूका कारण चर्चामा आएका थिए। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार सिफारिसमा परेका थिए। तर अन्तिममा उनले टिकट पाउन सकेका थिएनन्।
हाल प्रहरीले उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखेको जनाएको छ।