• साउन २८, २०८२
  • No Comment
  • 128

एआईको सल्लाहमा तीन महिनासम्म नुन नखाएपछि…..

साउन २८ – कृत्रिम बुद्धिमत्ताले (एआई) जीवनलाई सजिलो बनाउने मात्र होइन, गलत प्रयोग वा भरोसामा गम्भीर स्वास्थ्य जोखिम पनि निम्त्याउन सक्छ भन्ने उदाहरण हालैको एउटा घटनाबाट प्रष्ट भएको छ।

 
‘एनल्स अफ इन्टरनल मेडिसिन क्लिनिकल केसेस’ नामक जर्नलमा प्रकाशित वाशिंगटन विश्वविद्यालयका चिकित्सकहरूको प्रतिवेदनअनुसार, एक युवकले आफ्नो खानाबाट टेबल नुन (सोडियम क्लोराइड) पूर्ण रूपमा हटाउने निर्णय गरे। उनी क्लोराइडका कारण स्वास्थ्यमा समस्या भएको ठान्थे। स्वास्थ्यसम्बन्धी जानकारीका लागि उनले च्याटजीपीटीबाट सल्लाह लिएका थिए।

एआईले उनलाई विकल्पका रूपमा सोडियम ब्रोमाइड खाने सुझाव दियो। त्यसपछि उनले नुन खान छोडेर करिब तीन महिनासम्म सोडियम ब्रोमाइड प्रयोग गरे।

 
तीन महिनापछि उनको स्वास्थ्य तीव्र रूपमा बिग्रियो। उनलाई भ्रम, व्यवहार परिवर्तन, थकान, अनिद्रा, निरन्तर तिर्खा, मुँहासे र छालामा रातोपनजस्ता लक्षण देखिए। चिकित्सकहरूले परीक्षण गर्दा उनलाई ‘ब्रोमिज्म’ अर्थात् ब्रोमाइड विषाक्तता भएको पुष्टि भयो।

 
अस्पतालमा उपचारका क्रममा उनी पानी पिउन डराउने र वार्डबाट भाग्ने प्रयास गर्न थाले। त्यसपछि उनलाई मस्तिष्क विशेषज्ञको निगरानीमा राखेर एन्टिसाइकोटिक औषधि र पानी–इलेक्ट्रोलाइट सन्तुलन मिलाउने उपचार दिइयो। बिस्तारै उनको मानसिक अवस्था सुधार भयो।

ब्रोमाइड विषाक्तता के हो?
ब्रोमाइड एक रासायनिक तत्व हो जुन सामान्यतया खानामा न्यून मात्रामा पाइन्छ। तर औषधि वा पूरकमार्फत बढी मात्रामा सेवन हुँदा यो शरीरमा जम्मा भएर स्नायु प्रणालीमा असर पुर्‍याउन सक्छ। ब्रोमाइड शरीरबाट छिटो बाहिर निस्कँदैन र क्लोराइडसँग प्रतिस्पर्धा गर्दै कोषमा बाँधिन्छ।

 
अनुसन्धानकर्ताहरूले स्वास्थ्यसम्बन्धी निर्णयका लागि मात्र एआईमा भर पर्नु खतरनाक हुने चेतावनी दिएका छन्। विशेषगरी आहार, औषधि वा उपचारसम्बन्धी सल्लाह लिन चिकित्सकको प्रत्यक्ष परामर्श लिनुपर्ने उनीहरूको सुझाव छ।

सम्बन्धित खबर

सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सुर्खेत। असार मसान्तलाई लक्षित गर्दै सार्वजनिक बिदाका दिनमा पनि चौकुने गाउँपालिकाले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय सञ्चालन…
सल्यानमा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

सल्यानमा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

 सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ। उच्च रक्तचाप, मधुमेह, मानसिक रोग…
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा लाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)…

Leave a Reply

Your email address will not be published. Required fields are marked *