- साउन २७, २०८२
- No Comment
- 84
७ वर्षीया बालिकामाथि बलात्कार आरोपमा युवक पक्राउ

उदयपुर । उदयपुरमा ७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ बरुवाटारका ४५ वर्षीय शुभराज राई रहेका छन्।
प्रहरीका अनुसार साउन १४ गते राति करिब १० बजे सोही स्थानमा डेरामा बस्ने बालिकामाथि जबरजस्ती करणी भएको थियो। फरार रहेका राईलाई साउन २५ गते उनको घरमैबाट नियन्त्रणमा लिइएको हो।
उदयपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।