साउन २७ । म्युचल एकेडेमिक एक्टिभिटी फोरम (माफ)को आयोजनामा माफ अन्तरविद्यालय फुटसल प्रतियोगिता आजदेखि सुरु भएको छ।
प्रतियोगितामा माफमा आबद्ध १६ विद्यालयका खेलाडीहरू सहभागी भएका छन्। माफकी अध्यक्ष इसु गुरुङका अनुसार प्रतियोगितामा विभिन्न तीन विधामा ४७ टिमले प्रतिस्पर्धा गर्ने छन्।
सिनियर ब्वाइज र जुनियर ब्वाइज दुवैमा १६–१६ टिम तथा सिनियर गल्र्समा १५ टिमले उपाधिका लागि भिड्ने छन्। चार दिनसम्म सञ्चालन हुने खेल धन्यन्तरी फुटसलमा हुनेछ।
आयोजकका अनुसार प्रतियोगिताबाट विद्यालयहरूबीचको खेलकुदमैत्री सम्बन्ध अझ मजबुत हुने अपेक्षा गरिएको छ।