• साउन २६, २०८२
  • No Comment
  • 97

चौकुनेमा अटो दुर्घटना हुँदा ६ जना घाइते

चौकुने। सुर्खेतको चौकुने गाउँपालिका- ७ जिउनारीताल स्थित मदन भण्डारी सडकखण्डमा अटो दुर्घटना हुँदा छजना जना घाइते भएका छन् । आज बिहान मायातालबाट गुटुतर्फ जाँदै गरेको से १ ह २७०० नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकबाट करिब ३०–४० फिट तल खस्दा अटोमा सवार सातजना घाइते भएको ईलाका प्रहरी कार्यालय गुटुका प्रहरी सहायक निरिक्षक कुष्ण बहादुर बटलाले जानकारी दिनु भएको छ ।

घाइते हुनेहरूमा चौकुने गाउँपालिका- ५ का २५ वर्षका नवराज आले ,मिना बि क ,मिना बि क को पाँच महिनको छोरा नरिश बि क ,चौकुने -८ कोलघाटका बर्ष १० का धरमीसरा बि क , ३५ वर्षकी जसुदा बि क ,र अटोमा सवार चलाक सहित ६ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ । घाईते भएकाहरुलाई स्थानीय पाण्डे मेडिकलमा प्राथमिक उपचार गरी, विरेन्द्रनगर स्थित प्रदेश अस्पताल रिफर गरिएको ईलाका प्रहरी कार्यलय गुटुले जानकारी दिएको छ ।

सम्बन्धित खबर

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

सुर्खेत, असोज ३१ — नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने अभियान तीव्र पारेको छ।…
पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *