• साउन २६, २०८२
  • No Comment
  • 199

चौकुनेमा अटो दुर्घटना हुँदा ६ जना घाइते

चौकुने। सुर्खेतको चौकुने गाउँपालिका- ७ जिउनारीताल स्थित मदन भण्डारी सडकखण्डमा अटो दुर्घटना हुँदा छजना जना घाइते भएका छन् । आज बिहान मायातालबाट गुटुतर्फ जाँदै गरेको से १ ह २७०० नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकबाट करिब ३०–४० फिट तल खस्दा अटोमा सवार सातजना घाइते भएको ईलाका प्रहरी कार्यालय गुटुका प्रहरी सहायक निरिक्षक कुष्ण बहादुर बटलाले जानकारी दिनु भएको छ ।

घाइते हुनेहरूमा चौकुने गाउँपालिका- ५ का २५ वर्षका नवराज आले ,मिना बि क ,मिना बि क को पाँच महिनको छोरा नरिश बि क ,चौकुने -८ कोलघाटका बर्ष १० का धरमीसरा बि क , ३५ वर्षकी जसुदा बि क ,र अटोमा सवार चलाक सहित ६ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ । घाईते भएकाहरुलाई स्थानीय पाण्डे मेडिकलमा प्राथमिक उपचार गरी, विरेन्द्रनगर स्थित प्रदेश अस्पताल रिफर गरिएको ईलाका प्रहरी कार्यलय गुटुले जानकारी दिएको छ ।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *