• साउन २६, २०८२
  • No Comment
  • 84

नागरिकता विधेयकमा दफावार छलफल अघि बढ्दै

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथि दफावार छलफल अघि बढाएको छ। गृहमन्त्री रमेश लेखकले १५ माघ २०८१ मा ल्याएको विधेयक १४ असार २०८२ मा प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको हो।

प्रस्तावित संशोधनमा आमाको नाम मात्रबाट पनि नागरिकता पाउने प्रावधान समावेश गरिएको छ। साथै, बाबुको नाम, थर र ठेगाना उल्लेख गर्न नचाहेमा नागरिकताको प्रमाणपत्रमा उक्त विवरण खाली राख्ने व्यवस्था राखिएको छ।

निवेदन दिनका लागि जन्मस्थान, स्थायी बसोबास, स्थानीय तहको सिफारिस, जग्गाधनी प्रमाण वा मतदाता नामावलीजस्ता कागजात आवश्यक पर्नेछ। कागजात अभावमा स्थलगत सर्जमिन र तीन जना नागरिकद्वारा सनाखतका आधारमा पनि नागरिकता दिन सकिने व्यवस्था प्रस्तावमा छ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *