• साउन २४, २०८२
  • No Comment
  • 80

खनाल र गौतमबीच डल्लुमा भेटवार्ता

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र हालै पार्टीमा प्रवेश गरेका वरिष्ठ नेता वामदेव गौतमबीच डल्लुमा भेटवार्ता भइरहेको छ।

अध्यक्ष माधवकुमार नेपालसँग बढ्दो भनाभनको बीचमा खनालले आफ्नै निवासमा गौतमसँग करिब आधा घण्टादेखि संवाद गरिरहेका छन्। खनालको सचिवालयका अनुसार, भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।

हालैको एक अन्तर्वार्तामा खनालले “एमाले फुटाएर नयाँ पार्टी बनाउनु गल्ती भएको” अभिव्यक्ति दिएका थिए। त्यसको जवाफमा अध्यक्ष नेपालले “पार्टी छाडेर गए हुन्छ” भनेपछि दुवै नेताबीच सार्वजनिक रुपमा वाकयुद्ध सुरु भएको हो।

यता, वामदेव गौतम पनि पार्टीप्रति असन्तुष्ट देखिएका छन्। उनले आफूलाई जिम्मेवारी नदिए लामो समय पार्टीमा टिक्न नसक्ने चेतावनी दिइसकेका छन्।

यही परिस्थितिमा खनाल र गौतमबीचको भेटलाई राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *