• साउन २४, २०८२
  • No Comment
  • 63

कर्णालीमा तीन दिनसम्म प्रदेश स्थापना तथा शहीद दिवस मनाइने

सुर्खेत— कर्णाली प्रदेशमा यस वर्षको प्रदेश स्थापना तथा शहीद दिवस–२०८२  तीन दिनसम्म विशेष कार्यक्रमसहित मनाइने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी भदौ ३, ४ र ५ गते तीन दिनसम्म दिवस मनाउने निर्णय गरेको हो । यसका लागि मुख्यमन्त्री यामलाल कँडेलको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए।

२०७२ साल भदौ ४ गते साविक कर्णाली अञ्चलसहित भेरी अञ्चलका सुर्खेत, दैलेख, जाजरकोट र राप्ती अञ्चलका सल्यान तथा रुकुमपश्चिम जिल्ला समेटी कर्णाली प्रदेशको स्थापना भएको थियो । यसअघि २०७२ भदौ २३ गते प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरू सम्मिलित संविधानसभाको विशेष समितिले ६ प्रदेशको सीमाङ्कनसहितको संघीयताको खाका सार्वजनिक गरेपछि भएको आन्दोलनमा चार जनाले ज्यान गुमाएका थिए । आन्दोलनको उत्कर्षपछि कर्णाली प्रदेश कान्छो प्रदेशका रूपमा जन्मिएको हो ।

सम्बन्धित खबर

सुन–चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

सुन–चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य…
कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ

कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ

कैलाली । कैलालीमा प्रहरीले लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा आइतबार लागूऔषध नियन्त्रण ब्युरो र…
दैनिक बदाम सेवनले दिमागलाई कम्प्युटरजस्तै तेज बनाउँछ

दैनिक बदाम सेवनले दिमागलाई कम्प्युटरजस्तै तेज बनाउँछ

विद्यार्थी, कार्यालय कर्मचारीदेखि लिएर वृद्धवृद्धासम्म सबैको चाहना हुन्छ कि मस्तिष्क तेज, सक्रिय र एकाग्र रहोस्। विज्ञहरूका अनुसार यसका लागि अभ्यास र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *