- भदौ १६, २०८२
- No Comment
- 13
सुन–चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा २ हजारले वृद्धि भएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। आइतबार प्रतितोला २४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज २४७० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको हो।