• साउन २३, २०८२
  • No Comment
  • 65

कालिकोटमा गाडी दुर्घटना: ७ जना घाइते 

सुर्खेत । जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको एक फोर्स गाडी आज विहान कालिकोटको खाँडाचक्र नगरपालिका–१०, गोलुवा भन्ने स्थानमा दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने बाँकी छ जनालाई मध्यम चोट लागेको छ।

प्रहरीका सूचना अधिकारी डिएसपी ज्योतनारायण यादवका अनुसार कर्णाली प्रदेश ०२–००१–ख–०९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भई करिब १०० मिटर तल खसेको हाे ।

घाइते सबैलाई तत्काल उद्धार गरी कालिकोट जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *