- साउन २३, २०८२
- No Comment
- 144
कालिकोटमा गाडी दुर्घटना: ७ जना घाइते

लाईका संवाददाता
July 8, 2024
51Shares
सुर्खेत । जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको एक फोर्स गाडी आज विहान कालिकोटको खाँडाचक्र नगरपालिका–१०, गोलुवा भन्ने स्थानमा दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने बाँकी छ जनालाई मध्यम चोट लागेको छ।
प्रहरीका सूचना अधिकारी डिएसपी ज्योतनारायण यादवका अनुसार कर्णाली प्रदेश ०२–००१–ख–०९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भई करिब १०० मिटर तल खसेको हाे ।
घाइते सबैलाई तत्काल उद्धार गरी कालिकोट जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।



