• साउन २२, २०८२
  • No Comment
  • 12

सानुमाया थिङ कराते विश्व च्याम्पियनसिपका लागि छनोट 

 काठमाडौं — नेपाली कराते खेलाडी सानुमाया थिङ आगामी नोभेम्बर २७ देखि ३० तारिखसम्म इजिप्टको काइरोमा हुने कराते विश्व च्याम्पियनसिपका लागि छनोट भएकी छन्।

विश्व कराते महासंघले नेपाल कराते महासंघलाई पठाएको पत्रमार्फत सानुमायाको छनोटको औपचारिक जानकारी गराएको हो। उनी विश्व वरीयताको आधारमा एकल काता तर्फ सहभागी हुन लागेकी हुन्।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक जितिसकेकी सानुमायाले गत मेमा उज्बेकिस्तानमा सम्पन्न एसियन च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। त्यही प्रदर्शनको आधारमा उनलाई विश्व प्रतियोगिताका लागि छनोट गरिएको प्रशिक्षक मन्डेकाजी श्रेष्ठले जानकारी दिए। श्रेष्ठ नै नेपाली टोलीका काता प्रशिक्षक समेत हुन्।

सानुमायाको छनोटसँगै नेपालले पहिलो पटक कराते विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने ऐतिहासिक अवसर पाएको छ। प्रशिक्षक श्रेष्ठले यस उपलब्धिलाई नेपाली करातेको ठूलो सफलता र सम्भावनाका रूपमा हेर्नुपर्ने बताएका छन्।

सम्बन्धित खबर

गाउँको बाँझो खेतबारी उर्वर बनाउन ठोस नीति ल्याउनुपर्ने: तिमिल्सेना

गाउँको बाँझो खेतबारी उर्वर बनाउन ठोस नीति ल्याउनुपर्ने: तिमिल्सेना

 राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सेनाले गाउँमा बाँझो खेतबारीलाई उत्पादनशील बनाउन सरकारसँग ठोस नीति ल्याउन आग्रह गरेका छन् । आइतबार काठमाडौँमा आयोजित…
दुई वर्ष बित्दा पनि नलगाडका भूकम्पपीडित टहरामै, बाँकी किस्ता अलपत्र र ऋणको बोझ चुलिँदै

दुई वर्ष बित्दा पनि नलगाडका भूकम्पपीडित टहरामै, बाँकी किस्ता…

 २०८०  कार्तिक १७ गते राति आएको विनाशकारी भूकम्पले जाजरकोटको नलगाड नगरपालिकामा सयौँ घर ध्वस्त भए, सयौँ परिवार खुला आकाशमुनि बस्न बाध्य…
खनाल र श्रेष्ठबीच वाम एकता विषयमा छलफल

खनाल र श्रेष्ठबीच वाम एकता विषयमा छलफल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । खनालको डल्लुस्थित…

Leave a Reply

Your email address will not be published. Required fields are marked *