• साउन २५, २०८२
  • No Comment
  • 167

गाउँको बाँझो खेतबारी उर्वर बनाउन ठोस नीति ल्याउनुपर्ने: तिमिल्सेना

 राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सेनाले गाउँमा बाँझो खेतबारीलाई उत्पादनशील बनाउन सरकारसँग ठोस नीति ल्याउन आग्रह गरेका छन् । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले समस्या मात्रै औँल्याउने होइन, समाधानका उपायहरू पनि पेश गर्न विज्ञहरूलाई आग्रह गरे । खेतबारी बाँझो छ, विद्यालयमा विद्यार्थी छैनन् भन्ने सबैलाई थाहा छ, तर समाधानका लागि के गर्ने भन्ने ठोस योजना आउनुपर्छ,  तिमिल्सेनाले भने । स्थानीय सरकारले दिशानिर्देश पाएमा आगामी योजनामा प्रभावकारी रूपमा लागू गर्न सक्छ ।

उनका अनुसार गाउँमा सडक, बिजुली, खानेपानी जस्ता सुविधा पुगे पनि उपभोग गर्ने जनसंख्या शहर र विदेशतिर केन्द्रित भएको छ। विकास गाउँमा पुगेको छ, तर मान्छेहरू सहरतिर गएका छन् । यसले विकासको प्रतिफल घटाएको छ, उनले बताए । तिमिल्सेनाले संघ, प्रदेश र स्थानीय तह सबैले मिलेर गाउँमै रोजगारी र सुविधा उपयोग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *