• साउन २५, २०८२
  • No Comment
  • 5

दैलेखमा तीजको नाँच हेरेर फर्किँदै गरेकी बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ

दैलेख । दैलेखमा तीजको नाँच हेरेर फर्किँदै गरेकी बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन । गत बिहिबार दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा तीजको नाच हेरेर फर्किंदै गरेकी एक बालिकामाथि सोही गाउँका दुई युवकले ढुंगाले हानेर घाइते पारेर बलात्कार गरेको उजुरी परेको दैलेख प्रहरीले जनाएको छ । पीडित बालिकाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लालबहादुर सुनारका अनुसार पक्राउ पर्नेमा चामुण्डा बिन्द्रासैनीका २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी रहेका छन्। अनुसन्धानको क्रममा उनीहरूले छिमेक गाउँकी १२ वर्षीया बालिकालाई लखेटेर पालैपालो बलात्कार गरेको तथ्य खुल्न आएको प्रहरीले जनाएको छ।

प्रहरीले यस घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

सम्बन्धित खबर

गाउँको बाँझो खेतबारी उर्वर बनाउन ठोस नीति ल्याउनुपर्ने: तिमिल्सेना

गाउँको बाँझो खेतबारी उर्वर बनाउन ठोस नीति ल्याउनुपर्ने: तिमिल्सेना

 राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सेनाले गाउँमा बाँझो खेतबारीलाई उत्पादनशील बनाउन सरकारसँग ठोस नीति ल्याउन आग्रह गरेका छन् । आइतबार काठमाडौँमा आयोजित…
दुई वर्ष बित्दा पनि नलगाडका भूकम्पपीडित टहरामै, बाँकी किस्ता अलपत्र र ऋणको बोझ चुलिँदै

दुई वर्ष बित्दा पनि नलगाडका भूकम्पपीडित टहरामै, बाँकी किस्ता…

 २०८०  कार्तिक १७ गते राति आएको विनाशकारी भूकम्पले जाजरकोटको नलगाड नगरपालिकामा सयौँ घर ध्वस्त भए, सयौँ परिवार खुला आकाशमुनि बस्न बाध्य…
खनाल र श्रेष्ठबीच वाम एकता विषयमा छलफल

खनाल र श्रेष्ठबीच वाम एकता विषयमा छलफल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । खनालको डल्लुस्थित…

Leave a Reply

Your email address will not be published. Required fields are marked *