• साउन २५, २०८२
  • No Comment
  • 174

दैलेखमा तीजको नाँच हेरेर फर्किँदै गरेकी बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ

दैलेख । दैलेखमा तीजको नाँच हेरेर फर्किँदै गरेकी बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन । गत बिहिबार दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा तीजको नाच हेरेर फर्किंदै गरेकी एक बालिकामाथि सोही गाउँका दुई युवकले ढुंगाले हानेर घाइते पारेर बलात्कार गरेको उजुरी परेको दैलेख प्रहरीले जनाएको छ । पीडित बालिकाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लालबहादुर सुनारका अनुसार पक्राउ पर्नेमा चामुण्डा बिन्द्रासैनीका २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी रहेका छन्। अनुसन्धानको क्रममा उनीहरूले छिमेक गाउँकी १२ वर्षीया बालिकालाई लखेटेर पालैपालो बलात्कार गरेको तथ्य खुल्न आएको प्रहरीले जनाएको छ।

प्रहरीले यस घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *