• साउन २५, २०८२
  • No Comment
  • 174

भेरी नदीको उर्लंदो भेलमा हराए दृष्टिविहीन युवक, साथीले सुनाए दर्दनाक क्षण

सुर्खेतको सिम्ता गाउँपालिकामा एक दुखद घटना घटेको छ, जहाँ भेरी नदीमा नुहाउन गएका एक दृष्टिविहीन युवक बेपत्ता भएका छन्। प्रहरीका अनुसार, सिम्ता–८ डाँडाखालीका अन्दाजी २४ वर्षीय तीर्थ बहादुर मल्ल शनिबार दिउँसो भेरी नदीमा बगेर हराएका हुन्।

घटनाको पृष्ठभूमि अनुसार, तीर्थ आफ्ना अर्का दृष्टिविहीन साथी योगेन्द्र शाहीसँगै सिम्ता–६ स्थित घाटचौरमा नुहाउन गएका थिए। योगेन्द्रले घटनाबारे बताउँदै भने, ‘हामी दुई भाइ नुहाउन खोलामा पुगेका थियौं, मैले कपडा खोल्न नपाउँदै तीर्थलाई भेलले बगाइहाल्यो।’ साथीलाई नदीले बगाएको देखे पनि दृष्टिविहीन भएका कारण उनले केही गर्न सकेनन् र असहाय बने। घटनाको जानकारी पाउनासाथ स्थानीय बासिन्दा र इलाका प्रहरी कार्यालय, बाँदेपिपलको टोलीले खोजी कार्य सुरु गरेको थियो। तर, हालसम्म तीर्थ फेला परेका छैनन् र उनको खोजी कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *